बाजुराको पूर्वीउत्तरी क्षेत्र कोल्टीमा सडक पुगेको २५ वर्ष पूरा, अझै पुगेन सवारी

Call24News

बाजुरा : जिल्लाको पूर्वीउत्तरी क्षेत्र कोल्टीमा सडक पुगेको करिब २५ वर्ष पूरा भएको छ तर हालसम्म यात्रुवाहक बस पुग्न सकेको छैन । मार्तडी–कोल्टी सडक सञ्जालसँग जोडिएको धेरै वर्ष पुगे पनि यहाँका नागरिकले बस चढ्न पाएका छैनन् । 

बस सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले अनुमति दिएको छ तर सो अनुमति कागजमा सीमित भएको छ । प्रशासनले मार्तडी–कोल्टी बस सेवा सञ्चालनकै लागि पटक पटक सर्वदलीय, सर्वपक्षीय निर्णय गरे पनि तर अहिलेसम्म बस सेवा सञ्चालन गर्ने कुनै सुरसार देखिँदैन । 

धनगढी सूचना

कोल्टीसम्म बस सञ्चालन गर्न २०८१ मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो । सो बैठकले तत्काल बस सञ्चालन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म सेवा सञ्चालन नभएको पाइएको छ तर तीन साता पुग्नलाग्दा बस सेवा सञ्चालन नभएको स्थानीयले बताएका छन् । कोल्टीमा अहिलेसम्म बस पुग्न सकेको छैन । 

बस सेवा सञ्चालन नहुँदा नागरिक महँगो भाडा तिरेर साना सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका दिनेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी–कोल्टीमा बस सेवा सञ्चालन भए नागरिकलाई केही राहत हुने बताउनुभयो ।”    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार