कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

Call24News

धनगढी : कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ को सुमित बर्मालाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई शंका लागि चेकजाँच गरिएको थियो ।  ‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइछिपाई ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौं ।’

SHIKHAR COOL TECH

उनीहरूको साथबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, एक हजार दुई सय ८० भारतीय मुद्रा र कार बरामद गरिएको एसपी विष्टले बताए । एसपी विष्टकै कमाण्डमा खटिएको प्रहरी टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार