सुदुरपश्चिम महोत्सवमा राइजिङ स्टार बन्यो नृत्य प्रतियोगितामा च्याम्पियन (फोटो फिचर)

स्मृति के.सी

धनगढी : सुदूरपश्चिम महोत्सव २०८१ को १८औ संस्करणमा विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सहभागी राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ।

‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघद्वारा १८औ संस्करण मङ्सिर २२ गतेदेखि पौष ६ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल भएको श्री राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल’लाई हिजो शनिबारका दिन महोत्सवको समापन समारोहमा पुरस्कार प्रदान गरिएको हो।

यस्ता नृत्य प्रतियोगिताले विद्यार्थीको क्षमतामा विकास गर्ने भएकाले कैलाली उद्योग वाणिज्य सङ्घलाई राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले धन्यवाद व्यक्त गरेका छन्। राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले बेलाबेलामा यस्ता कार्यक्रमहरूमा सहभागी हुने र विभिन्न किसिमका सम्मान पाउँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार