बाजुरा भूकम्प अपडेट : १२५ घर पूर्ण रूपमा क्षति भएको पीडित परिवारको गुनासो

Call24News

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका– ५, गोत्रीमा केन्द्रविन्दु बनाएर शनिबार गएको ५.२ रेक्टर स्केलको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति गरेको छ। वडाध्यक्ष गौरी सार्कीले शनिबार बिहान सवा ४ बजे गएको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति भएको बताउँदै पीडित परिवार खुला आकाशमै रहेको उल्लेख गरे ।

गोत्रेको मात्रै प्रारम्भिक विवरण आएको भन्दै पालिकाभरिको यकिन रिपोर्ट आउन बाँकी रहेको उनले बताए। पालिका विपत् तथा व्यवस्थापन समितिले निर्णय गरेअनुसार तत्काल भूकम्पपीडितहरूको उद्धार तथा व्यवस्थापन गर्ने बताए। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले भूकम्पले सयौँ घरमा क्षति गरे पनि मानवीय क्षति भने नभएको बताए।

SHIKHAR COOL TECH

स्थानीय ४० वर्षीया पानु दमाईंले शनिबार बिहानको भूकम्पले घर पूर्ण रूपमा नष्ट गरेको बताउँदै १५ महिने बच्चा काखमा च्यापेर पुसको ठन्डीमा खुला आकाशमा बस्न बाध्य भएको दुखेसो पोखिन्। ‘भूकम्पले घर भत्काएपछि खुला आकाशमा बस्न बाध्य छौँ, चर्किएको घरभित्र बस्न डर लाग्छ,’ अर्का पीडित अपङजस दमाईंले भने।

आफूजस्तै दर्जनौँ पीडित खुला आकाशमै बसिरहेको उनले बताए। अहिलेसम्म राज्यका कुनै पनि निकाय पीडितको सोधखोज गर्न नआएको उनको गुनासो छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार