लागूऔषधसहित गोदावरीबाट दुई जना पक्राउ

Call24News

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट चुरे गाउँपालिका–५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई १ ग्राम ६६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ गरिएको हो।

SHIKHAR COOL TECH

कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र विष्ट पक्राउ परेका छन्। विष्टलाई ६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार