बाजुरामा बिहानै भूकम्पको धक्का, मानवीय क्षति शून्य, भौतिक क्षतिको विवरण सङ्कलन हुँदै !

Call24News

बाजुरा : बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु भएर शनिबार बिहान ४ः१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ । शनिबार बिहान गएको भूकम्पको झट्का नेपालसहित भारतमा समेत महसुस गरिएको बताइएको छ । मस्त निन्द्रामा रहेका नागरिक एक्कासि भूकम्पको झट्काले त्रसित बनेका थिए ।

धनगढी सूचना

भूकम्पले हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । 

उहाँले भन्नुभयो–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।

भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार