एसिसी यु– १९ महिला एसिया कप, नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य

काठमाडौं : एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रन जोड्यो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले ९ रन बनाउँदा एलिशा कुमारी यादवले ८ रन थपिन् । साना प्रवीण र तिरसाना विश्वकर्माले समान ४–४ रन बनाइन् ।

धनगढी सूचना

सीमाना केसी र कुसुम गोदारले समान ३–३ रनको योगदान दिइन् । सोनी पाख्रिनले २ रन बनाउँदा ज्योत्स्निका मरासिनीले ५ रन बटुलिन् । बलिङमा भने बङ्गलादेशकी फरजाना इसमिन, अनीसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले समान १–१ विकेट लिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार