रुस–युक्रेन युद्धमा होमिएका कञ्चनपुरका लोकेन्द्र अझै आएनन् सम्पर्कमा

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका लोकेन्द्र विष्टको ६ महिनादेखि बेपत्ता छन् ।

रोजगारीको क्रममा लोकेन्द्रले यसअघि मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पसिना बगाइसकेका थिए। तर त्यहाँको कमाइले घरको गुजारा मात्र चल्यो। एउटा भरपर्दो ओत पनि बनाउन नसकेपछि उनले रुस–युक्रेन युद्धमा होमिने निर्णय गरेका थिए। छिमेकी दाजुभाइ विराजन र निराजन विष्ट रुस जान लागेको थाहा पाएपछि लोकेन्द्रले पनि दलाललाई भेटेका थिए।

SHIKHAR COOL TECH

दलालले उनीहरूबाट सात÷सात लाख उठाए। यसका लागि लोकेन्द्रले पनि गाउँमै ऋण काढेका थिए। दिल्ली हुँदै रुस पुगेका उनीहरूलाई एक सातामै सेनामा भर्ना गरियो। त्यसपछि केही दिन सामान्य तालिम दिएर सिधै युद्धमा खटाइयो। सँगै गएका विराजन वैशाख १७ मा युद्धकै क्रममा मारिए। परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन्।

विराजनका भाइ निराजनलाई पनि गोली लाग्यो। लामो उपचारपछि उनी घर फर्कने तयारीमा रहेको परिवारले जनाएको छ। लोकेन्द्रकी आमा पनि छोरा फर्कने खबरको प्रतीक्षामा छन्। तर ६ महिनायता कुनै खबर छैन। सुन्दरपुरमा विष्ट परिवारको कच्ची घर छ। कच्ची घरको छेवैमा पक्की घरको जग हालेर ‘पिलर’ पनि उठाइएको छ। त्यही घर पूरा गर्ने सपनासहित लोकन्द्र युक्रेनको युद्धभूमिमा खटिएका थिए।

पछिल्लो पटक असार दोस्रो साता मेसेन्जरमा कुरा हुँदा लोकेन्द्रले मंसिरमा फर्किने र घर बनाउने बताएका थिए। आमासँग कुरा गर्नु एक साताअघि उनले श्रीमती र दिदीसँग बोलेका थिए। त्यसयता उनीहरू सबैजना मेसेन्जर हेरिरहेका छन्। तर लोकेन्द्रको अत्तोपत्तो छैन। सम्पर्क विच्छेद भएको केही समयमा ‘लोकेन्द्र लडाइँमा पर्‍यो, घाइते भएको छ’ भन्ने खबर आएको थियो। त्यसपछि भने कुनै खबर आएको छैन।

श्रीमती मीना गोरखामा बस्छिन्, साथमा छन् ४ वर्षका छोरा। लोकेन्द्रका भाइ यादव भारतको अहमदावादमा छन्। लोकेन्द्रजस्तै रुसी सेनामा भर्ती भई युक्रेनविरुद्धको युद्धमा होमिएका नेपालीको यकिन तथ्यांक सरकारसँग छैन। लोकेन्द्रजस्तै सम्पर्कविहीन भएका ११८ जनाका परिवारले खोजबिनका लागि कन्सुलर विभागमा निवेदन दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार