कैलाली : कैलालीमा पछिल्लो समय बिरामीका लागि आवश्यक पर्ने रगत तथा रक्ततत्वको कमि हुदै गएपछि बिधार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।
धनगढीस्थित त्रीनगर माध्यामिक बिधालयमा आमसंचार बिषयमा अध्ययनरत बिधार्थीहरुले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्दै २१ पिन्ट रगत संकलन गरेका छन ।
आज बिधालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना बिधार्थीहरुले पहिलोपटक रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजन कबिता सार्कीले बताइन । उनले ९ महिला र १२ पुरुष गरि २१ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेको बताइन सार्कीले बताइन ।
प्रदेशमै सबैभन्दा बढीपटक रक्तदान गरेका स्वयमसेवी रक्तदाता दीपक उपाध्याले बिधार्थीहरुसंगको अन्तरकरकृया पछि बिधार्थीहरु रगत दिन तयार भएको आम संचार बिषयका प्राध्यापक टेकेन्द्र देउवाले बताए ।
रक्तदान गर्दाका फाइदा र यसको महत्वको बारेमा रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले बिधार्थीहरुलाई जानकारी गराएका थिए ।
रक्तदान कार्यक्रममा बोल्दै त्रीनगर माबिका प्राचार्य भुपाल खडकाले बिधार्थीहरुको रक्तदान कार्यप्रति प्रशंस्सा ब्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्