विपन्न परिवारका लागि शौचालय निर्माण

धनगढी : रोटरी क्लब अफ पोखरा कास्की र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को संयुक्त साझेदारीमा कैलालीको धनगढीमा २०० शौचालय हस्तान्तरण गरिएको छ। आर्थिक रूपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक समारोहबीच शौचालय हस्तान्तरण गरिएको हो।

जापान, क्यानडा र भारत लगायतका मुलुकका दाताको सहयोगमा उपमहानगरपालिकाका वडा नम्बर १मा ४३, १मा ३८, ३मा ४०, ४मा १० ११ मा ३७ र १३ मा ३२ गरेर २ सय शौचालय हस्तान्तरण गरिएको रोटरी क्लब अफ पोखरा कास्कीका अध्यक्ष तथा संस्थापक सचिव किरणलाल श्रेष्ठले बताए।

SHIKHAR COOL TECH

त्यस्तै सोही क्लबको सहयोगमा धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीलाई झोलासमेत वितरण गरिएको श्रेष्ठले बताए।
शौचालय हस्तान्तरण समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाश देउबाले आर्थिक रुपमा विपन्न परिवारको सरसफाईमा सहयोग पुर्याउन क्लबले महत्वपूर्ण कार्य गरेको बताए।

मन्त्री देउबाले आगामी वर्ष क्लबसँग मिलेर थप ४०० घरपरिवारका लागि शौचालय निर्माण गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “हामी विकास सँगसँगै सामाजिक कार्य पनि गरिरहेका छौं, आगामी दिनमा पनि विपन्न परिवारका लागि फाइदा हुने थप कार्यक्रम ल्याउनेछौँ।”

शौचालय हस्तान्तरणले ‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने नारालाई साकार गर्न थप टेवा पुगेको पूर्वमन्त्री देउवाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार