एनपीएलको फाइनलमा सुदूरपश्चिम र जनकपुर, कसले मार्ला बाजी ?

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनल खेल पुष ६ गते (शनिबार) हुँदैछ ।

फाइनलमा प्रवेश गरेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार काठमाडौँ त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा एनपीएल उपाधिका लागि भिडन्त हुनेछ ।

धनगढी सूचना

यसअघि दुई पटक सुदूरपश्चिम रोयल्ससँग हार व्यहोरिसकेको जनकपुर बोल्ट्स फाइनलमा फेरि सुदूरपश्चिम रोयल्ससँगै प्रतिस्पर्धा गर्ने भएपछि अहिले फाइनल खेलप्रतिको चासो झनै बढेको छ ।

अझ सामाजिक सञ्जालमा यी दुई टिममध्ये कसले बाजी मार्ला ? भन्दै तर्कवितर्कसमेत सुरु भइसकेको छ ।

एनपीएलको सुरुवातदेखि नै निकै जबरजस्त फ्यान फलोइङ्ग भएको सुदूरपश्चिमका फ्यानहरुले दुईपटक हारको सामाना गरिसकेको जनकपुर बोल्ट्सले पुनः तेस्रो पटक हारको सामना गर्नुपर्ने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

यता जनकपुरका फ्यानहरुले भने दुईपटक हार व्यहोरे पनि तेस्रो पटक भने जनकपुरसँग सुदूरपश्चिमले हार व्यहोर्नुपर्ने प्रतिक्रिया दिइरहेका छन् । फ्यानहरुबीचको प्रतिक्रियाले एनपीएलको फाइनल झनै रोमाञ्चक हुने पक्का छ ।

तर साच्चै एनपीएलको उपाधि कसले लैजाला ? भन्ने निर्क्यौल गर्न भने शनिबार नै पर्खनुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार