बैतडीका सुरेशराम सुनीको भारतमा मृत्यु

बैतडी : बैतडीका एक पुरुषको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको हिमाञ्चलमा रहेका शिवनाथ गाउँपालिका-१ स्वालका अन्दाजी ३७ वर्षीय सुरेशराम सुनीको मृत्यु भएको स्थानीय दशरथ चाडले बताए ।

उनका अनुसार सुनीको रुख काट्ने क्रममा उक्त रुखमुनि च्यापिएर बुधबार मृत्यु भएको हो । परिवारसहित ३ वर्षयता हिमाञ्चलमा बस्दै आएका मृतक सुनीका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार