एसिसी यु-१९ महिला एसिया कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं : नेपालको यु-१९ महिला क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कपको सुपर ४ चरणमा आज श्रीलंकाको सामना गर्दैछ । खेल मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल र श्रीलंका दुवै टोली आ-आफ्नो समूहको शीर्ष दुई स्थानमा रहँदै सुपर ४ मा प्रवेश गरेका छन् । नेपालले समूह चरणमा पाकिस्तानलाई पराजित गरेको थियो भने भारतसँगको खेल वर्षाका कारण रद्द भएको थियो । उता श्रीलंकाले मलेसियालाई हराए पनि बंगलादेशसँग पराजित भएको थियो ।

धनगढी सूचना

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले सुपर ४ सम्मको यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

नेपालले सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यस चरणमा रहेका चार टोली-भारत, नेपाल, श्रीलंका, र बंगलादेश-ले उपाधिका लागि शीर्ष दुई स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन् । सुपर ४ बाट शीर्ष दुई टोलीले आइतवार फाइनल खेल्नेछन् ।

एसिया कपमा नेपालको सहभागिता यस क्षेत्रबाट आगामी जनवरीमा मलेसियामा आयोजना हुने यु-१९ महिला विश्व कपमा छनोट भएपछि सुनिश्चित भएको हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ, जहाँ उसको प्रतिस्पर्धा अष्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्डसँग हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार