बाजुरा : बाजुरामा भारत जान्छुँ भन्दै घरबाट भागेका ४ बच्चालाई प्रहरीले सदरमुकाम मार्तडीस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट ठुलापाटा गाउँका अन्दाजी १४ वर्षका सुवास कडारा, शिखर तिवारी, रविन्द्र कडारा र टंक कडारालाई प्रहरीले मंगलबार दिउँसो समातेको हो ।
गाउँमै ५/६ कक्षामा पढिरहेका उनीहरु घरमा कसैलाई थाहा नदिएर भागेर गएका उनका आफन्त रत्न कडाराले बताए । टिकट काउण्टरका कर्मचारीले चारै जना बच्चालाई समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
उनीहरुले घरबाट स्याउ बेच्न कोल्टी आएको र त्यहाँबाट धनगढी हुँदै भारत जान लागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले उनीहरुलाई आफन्तको जिम्मा लगाउने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्