लागूऔषधसहित कैलालीका २ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८  वर्षीय पहलमान शाही पक्राउ परेका हुन्।

शाहीलाई ४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यसैगरी,  भजनी नगरपालिका–३ कुसुमघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा टिकापुर नगरपालिका–१ जमरा टोल बस्ने २७ वर्षीय मनिश गिरी पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

गिरीलाई पनि ७१० मिलीग्राम खैरो हेरोइनसहित कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार