नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं : एसिसी यु–१९ महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोड्यो । नेपालका लागि पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा २५ रन बनाइन् ।

धनगढी सूचना

एलिशा कुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा मात्रै २० रन बनाइन् । उनले ४ चौका प्रहार गरिन् । साना प्रवीणले ९,सोनी पाखरिनले ८ र ज्योत्स्निका मरासिनीले ६ रनको योगदान दिइन् ।

सावित्री धामीले र रचना कुमारी चौधरीले समान ३–३ रन जोडिन् । अनु कडायत र कुसुम गोदारले समान १–१ रन बनाउँदा सीमाना केसी शून्य रनमा आउट भइन् ।

बलिङमा भने भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १२ रन मात्रै खर्चिएर ४ विकेट लिएकी हुन् । आनन्दिता किशोर र मिथिलाले समान १–१ विकेट लिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार