श्री समृद्धि युवा क्लब र माया मेट्रो हस्पिटल धनगढीको समन्वयमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्मृति के.सी

धनगढी : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ६ वनबेवहडामा श्री समृद्धि युवा क्लबको आयोजना र माया मेट्रो हस्पिटल धनगढी कैलालीको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । गौरीगंगा नगरपालिका वडा नं ६ वनबेहडामा रहेको जुपिटर एकेडेमी नेपालमा सम्पन्न शिविरमा ३५२ जनाको नाक, कान घाँटीको उपचार गरि औषधी बितरण गरिएको थियो । गौरीगंगा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर कुँवरले एक दिने निशुल्क स्वास्थ शिविरको उद्घाटन गर्दै स्वास्थ मानिसको प्रमुख अंग हो स्वास्थ छ त शिक्षा ,रोजगार हुने बातएका हुन ।

SHIKHAR COOL TECH

श्री समृद्धि युवा क्लबका अध्यक्ष बिप्लब सिंह खड्काले आफ्नो वडालाई जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा चिनाउने बताएका हुन । उनका अनुसार स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउदै लैजाने जिकिर गर्दै निःशुल्क शिविरबाट फाईदा लिन आग्रह गरेका हुन।

समृद्धि युवा क्लबका अध्यक्ष बिप्लब सिंह खड्का को अध्यक्षतामा भएको गौरीगंगा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर कुँवर, बिशिस्ट अतिथिमा माया मेट्रो हस्पिटलका इन्चार्ज डा. गिता ठगुन्ना, नाक,कान,घाटीका बिशेषज्ञ डाक्टर लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन हरिस भट्टले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार