बझाङ : कृषि क्षेत्रमा देखिएका विकृति हटाउँदै जिल्लाको कृषि विकासमा सहकार्य गर्न भन्दै जिल्ला कृषि एलाइन्स गठन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको पहलमा जिल्लाका सबै पालिकाहरु र कृषि क्षेत्रका सरोकारवालाहरुलाई समेटेर एलाइन्स गठन गरिएको हो ।
संघ, प्रदेश र स्थानीय सरकारले कृषिका क्षेत्रमा छुट्टाछुट्टै तरिकाले काम गर्दा ठूलो रकम खर्च भए पनि उपलब्धि नदेखिएको, कतिपय ठाउँमा एउटै योजनामा दोहोरोतेहोरो बजेट खर्च भएको र कृषि अनुदानका कार्यक्रमहरु वास्तविक कृषकले नभई कार्यकर्ताले पाउने गरेको जस्ता समस्याहरु समाधान गर्न एलाइन्स गठन गरिएको हो ।
कृषि ज्ञान केन्द्रको अध्यक्षतामा गठन भएको एलाइन्समा जिल्लाका सबै पालिकाका जनप्रतिनिधि तथा कृषि शाखाका कर्मचारी, जिल्लामा काम गर्ने विभिन्न गैरसरकारी संस्था, कृषि क्षेत्रका विज्ञ र अन्य सरोकारवालाहरु सदस्य रहने कृषि ज्ञान केन्द्र बझाङका योजना अधिकृत जनकबहादुर सिंहले बताए ।
‘हरेक चाररचार महिनामा एलाइन्सको बैठक बसेर जिल्लाभर कृषि क्षेत्रमा भएका गतिविधिको समीक्षा गर्ने निर्णय पनि भएको छु उनले भने, ‘आवश्यक समन्वय र सहकार्यको अभावमा कृषि क्षेत्रमा भैरहेको लगानीको तुलनामा उपलब्धि निकै कम देखिएकाले त्यो अवस्था हटाउन यो संयन्त्र निर्माण गरेका हौं । उनले एलाइन्सले कृषि क्षेत्रको अवस्था, भएका कामको तथ्यांकक व्यवस्थापनदेखि लगानीको अनुगमन गर्ने कामसमेत गर्ने बताए ।
‘आँपदेखि स्याउसम्म फल्ने भूगोल भएको बझाङमा अहिले पनि ठूलो मात्रामा कृषि उत्पादनमा अन्य जिल्लाकै भर पर्नु पर्ने अवस्था हुन दुखद् हो । सबैले साझा योजना निर्माण गरेर काम गर्न सक्यौं भने यो जिल्ला कृषिमा आत्मनिर्भर त हुन्छ नै यहाँका उत्पादन बेचेर कृषिकै माध्यमबाट गरिबी निवारण पनि सम्भव छ, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेमराज पनेरुले भने, ‘त्यसको लागि साझा योजना बनाउन, सबै मिलेर प्रभावकारी काम गर्ने वातावरण बनाउन एलाइन्स बनाएका हौं ।
उनले एलाइन्सले जिल्लाको दिगो कृषि विकास योजना बनाएर कार्यान्वयन गर्ने जानकारी दिए । आवश्यक समन्वयको अभावमा लगानी प्रभावहीन बन्दै गएको अवस्थामा एलाइन्स जिल्लाको कृषि क्षेत्रको विकासका लागि कोशेढुगां हुने पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको आशा छ ।
‘कृषि क्षेत्रमा भएको लगानीलाई निगरानी गर्ने हो भने अनियमितताहरु धेरै हदसम्म घटाउन सकिन्छु छविस पाथीभेरा गाउँपालिका कृषि शाखाका प्रमुख दिपक सुनारले भने, ‘एलाइन्सले सक्रियतापूर्वक काम गर्न वातावरण भयो भने एकरदुई वर्षमै कृषिको क्षेत्रमा प्रगति हुन्छ भन्ने आशा छ ।
जिल्लाको समग्र विकासको आधार नै कृषि क्षेत्र भएकोले यसको विकासका लागि सबै सरोकारवालाहरु एक ठाउँमा आउनु राम्रो अध्यास भएको तलकोट गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मण विष्टको भनाइ छ । ‘अहिले पनि ८० प्रतिशतभन्दा बढी जनताको जीविकाको आधार नै कृषि हो ।
यो क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्ने फोरमको रुपमा एलाइन्स गठन भएको छ, उनले भने, ‘यो एलाइन्सले अहिले भैरहेका कामलाई व्यवस्थित गर्दै कृषि क्षेत्रका नयाँ सम्भावनाहरुलाई पनि उजागर गर्ने गरी काम गर्न सक्नु पर्छ । उनले कृषि क्षेत्रमा भएको लगानीको सदुपयोग भएमा मात्रै जिल्लाको विकास र समृद्धि सम्भव भएको भन्दै त्यसका लागि सबै एकजुट हुनु सुखद् भएको बताए ।
प्रतिक्रिया दिनुहोस्