सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राज्यले अनुसन्धान गरिरहेका बेला सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको छानबिनलाई लक्षित गर्दै उनले न्यायिक प्रक्रियालाई प्रभावित गर्ने प्रयास भएको जिकिर गरेका हुन् ।

बागमती प्रदेशले आयोजना गरेको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले बताएका छन् ।’

भनेका छन् ‘अपराध भइसकेपछि राज्यले सरकारले अनुसन्धान गर्छ, अभियोजन गर्छ । न्यायिक प्रक्रियाहरू हुन्छन् । तर, कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर हुने गतिविधिहरुलाई शहन गर्न सकिँदैन ।’

सहकारी ठगीबारे बयान लिएर लामिछानेलाई चितवनबाट पोखरामा राति लगिएको विषयलाई लिएर प्रहरी प्रशासनको आलोचना भइरहेको छ । यस्तोमा गृहमन्त्री लेखकले भने संविधान र कानूनले गरेका व्यवस्थाहरुको उपहास गरेर भएका गतिविधिलाई सहन नसकिने बताएका छन् ।

‘कुनै हालत पनि यस्ता गतिविधि ठिक हुन सक्दैन, यसका लागि यथेष्ट ध्यान दिन जरुरी छ’, उनले प्रदेशका गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । सोही अवसरमा गृहमन्त्री लेखकले प्रहरी समायोजन यथाशिघ्र गर्ने गरी मन्त्रालयले काम गरिरहेका बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार