धनगढी : कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने १९ वर्षीय अर्जुन खड्का खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
खड्कालाई २ ग्राम ८६० मिलीग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया दिनुहोस्