काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरी पोखरा लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट बुधवार पोखरा लगिएको हो । उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं ल्याइएको थियो ।
यसअघि वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको प्रकरणमा उनको बयान लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी,रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अपचलनमा लामिछानेसंग बयान लिइएको छ ।
गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई पोखरा लगिएपछि रास्वपाले कास्कीको पोखरामा प्रदर्शन समेत गरेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्