रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरियो : सांसद डा.सुनिल शर्मा

काठमाडौं : नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो आग्रह गरेका हुन् । उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरेका हुन् । उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए ।

धनगढी सूचना

उनले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिएको बताए ।

उनले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति आपत्ति जनाए । उनले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।

उनले लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताए । उनले नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्ने बताए ।

उनले भने–‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरियो । अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ । जुन सरकारले मान्छेलाई गिरफ्तार गरेको हो । जनावरलाई गिरफ्तार गरेको होइन ।

मध्यरातमा अमानविय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन । सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरिएको छ । लोकतान्त्रिक र प्रजातान्त्रीक व्यवस्थामा अमानविय कार्यको म घोर भत्र्सना गर्न चाहन्छु । सरकारमा कम्युनिष्ट पार्टी मात्रै छैन । नेपाली काँग्रेस पनि छ । सरकारमा पार्टी सभापतिको श्रीमती जानुभएको छ । कानूनको विद्यार्थी नै गृहमन्त्री हुनुहुन्छ ।

नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनुपर्ने भएपनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ । म नेपाल सरकारका प्रधानमन्त्री,गृहमन्त्रीलाई तत्काल तीन दिनमित्रमा रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गरियोस् भन्न चाहन्छु । कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हो । अदालतले गर्ने फैसलालाई सबैले मान्नुपर्छ ।’

उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको बताए । उनले लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार