बाजुरा : जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत सोमबार कारागारका कैदीबन्दीहरुलाई कम्बल वितरण गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले केही दिनयता अत्यधिक चिसो बढेकोले कैदीबन्दीहरुलाई सानो सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिमा रहेका कम्बल वितरण गरिएको बताए ।
कारागार प्रमुख अनिल कुमार तिवारीले कैदीबन्दीहरुलाई १० सेट कम्बल वितरण गरिएको बताए । उनका अनुसार आइतबार सहायक प्रमुख जिल्ला अधिकारी मण्डल र कोष तथा नियन्त्रक कार्यालय बाजुराका प्रमुख भानुभक्त उपाध्यायले कारागारको अनुगमन गरेका थिए ।
कारागार प्रमुख तिवारीले पहिलो चरणमा केही कैदीबन्दीहरुका लागि कम्बल वितरण गरिएको र थप आवश्यक कम्बलसहित खेलकुदका सामग्रीका लागि जिल्लाका अन्य सरकारी तथा गैरसरकारी कार्यालयसँग माग गरेको बताएका छन् । कारागारको जीर्ण संरचनामा क्षमताभन्दा करिब तेब्बर बढी कैदी छन् ।
प्रतिक्रिया दिनुहोस्