चट्याङ लागेर बैतडीका दुईजना घाइते

बैतडी : बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । पाटन नगरपालिका–७ किम्तोलीमा सोमबार बिहान चट्याङ लागेर २५ वर्षीया निर्मला चन्द र १२ वर्षीया अनिता भट्ट घाइते भएका हुन् ।

स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युत पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

धनगढी सूचना

त्यस्तै, चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दले पालेको एक भैँसी र दीपक दमाईले पालेको एक गोरु मरेको छ । चट्याङले स्थानीय डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनकबहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट हुनुका साथै विद्युत मिटर समेत जलेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार