कैलालिको चुरे-३ मा छैठौ वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

कैलालि : कैलालिको चुरे गाउपालिका -३ मा छैठौ वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबार वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । वडाध्यक्ष खगेन्द्र खडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदुरपस्चिम प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बम रहेका थिए । कार्यक्रममा बोल्दै राज्य मन्त्री बमले खेलकुदले अस्पतालमा जानुपर्ने बाटो नै धेरै हदसम्म बन्द गर्ने बताए ।

धनगढी सूचना

अनुशासन, लगनशीलता र आत्मविश्वास नभएसम्म खेलमा सफल हुन नसकिने अताउदै उनले प्रत्येक खेलाडी अनुसाशित हुन जरुरी रहेको बताए । आत्मविस्वासका साथ खेलमा अगाडि बढे सफलताले एक दिन अवस्य आकाश छुने उनले बताए ।

`खेलकुद पहिचान पनि हो´ उनले भने `खेलकुदमा सफलता प्राप्त गर्न सके सानो भन्दा सानो ठाउलाइ पनि दुनियामा चिनाउन सकिन्छ ।´ पछिल्लो समय क्रीकेट ले नेपाल र सुदुरपस्चिम लाई चिनाइरहेको बिषयलाइ उदाहरणका रुपमा लिन सकिने उनको भनाइ थियो ।

कार्यक्रमकि विशिष्ठ अतिथी सुदुरपस्चिम प्रदेश्को सांसद तुलसी देवकोटाले खेलले पहिचान र मर्यादा सिकाउने बताइन । उनले देशको मान, प्रतिष्ठासित समेत खेलकुद जोडिने बताइन । खेलकुदले शारीरिक, मानसिक र भौतिक बिकाश समेत गर्ने भएकाले मानव जिवनमा यो अपरिहार्य भएको उनको भनाइ थियो ।

कार्यक्रम मा चुरे गाउपालिकाकी उपाध्यक्ष धना देबि थापा पनि बिशिस्ठ अतिथी रहेकी थिइन । देशका लागि खेल, स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ प्रतियोगिता सुरु गरिएको वडाध्यक्ष खडायतले बताए ।

उनले प्रतियोगिताका लागि वडाबाट चालू आर्थिक वर्षको बजेट बाट १ लाख ५० हजार रुपैया बिनियोजित गरिएको बताए । वडाका बस्तिमा रहेका खेलाडिहरु पहिचान गर्न, सो वडाका बिध्यालयमा अध्ययनरत बिधार्थिहरुलाइ खेलको क्षेत्रमा अगाडि ल्याउनका लागि वडा कार्यालय सदैब तत्पर रहने उनले बताए ।

महिला र पुरुष दुबैका लागि आयोजना गरिएको प्रतियोगिताको प्रथम पुरस्कार राशी १४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । यस्तै दोस्रो पुरस्कार ९ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार ६ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । कार्यक्रम मा विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, बुद्दिजिबी, बिध्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम को संचालन निसा थापाले गरेकी थिइन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार