धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन

धनगढी : धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ। ४२ औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

युवा व्यवसायी भट्ट धनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन्।

SHIKHAR COOL TECH

यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन्। सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार