बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा

बैतडी : बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ । जिल्लाको पाटन नगरपालिका ६ पाटन पञ्चेश्वर सडक नजिकमा विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो ।

पाटनमा पहिलो पटक पेट्रोल पप्प (आयल स्टोर) सञ्चालनमा ल्याइएको छ । अहिले ६–६ हजार लिटर क्षमता ड्म्बाट ६ महिना वितरण हुने भने ६ महिना पछि निगमले ट्याङ्की राख्ने अनुमती दिने आयल स्टोरबाट नियमित इन्धन उपलब्ध हुने स्टोरका सञ्चालक कृष्ण सिंह भट्टले बताए ।

धनगढी सूचना

उनले भने, ‘अहिले हामी सरकारले तोकेकै मुल्यमा यहाँबाट नियमित इन्धनजन्य सेवाको लागि २४सै घण्टा खुला राख्ने छ छ महिनापछि पम्प डिजीटल हुन्छ ।’ सरकारले नयाँ नियम बनाएपछि पहाडी जिल्लामा पहिलो अनुमती प्राप्त पम्प सञ्चालनमा आएको उनको दाबी छ ।

पेट्रोल पम्प नहुँदा ३० रुपैयदेखि ५० रुपैयासम्म महङ्गोमा खरिद गर्नुपर्ने बाध्यता थियो । आयल स्टोर सञ्चालनमा आएसँगै पाटन, मेलौली, शिवनाथ, पञ्चेश्वर लगायय बैतडी जिल्लाका लागि मात्र नभइ दार्जुला जिल्लाका लागि समेत सहज भएको यातायत व्यवसायीहरुले बताए । आयल निगमले तोकेकै दररेटमा इन्धन उपलब्ध हुने छ ।

उद्घाटनमा बोल्दै नगर प्रमुख गौरी सिह रावलले पाटन नगरपालिका सहित बैतडीका लागि निगम र सरकराीले सहजता प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

नगरपालिको सिफारिसमा पम्प सञ्चालन गर्न पहल गर्नु हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री दामोदर भण्डारीलाई नगर प्रमुख रावलले धन्यावाद दिए । उनले भने, हामीले सहज रुपमा इन्धन पाउने भएका छौ, स्थानीय सरकार पाटन नगरपालिकाको सिफारिसमा उद्योग मन्त्री दामोदर भण्डारी ज्यूले पहल गरि दिनुभएको छ सबैलाई धन्यावाद व्यक्त गछौँ।

आयल स्टोरले नेपाल आयल निगमले तोकेको मूल्य अनुसार १६६ रुपैयाँ ५० पैसा प्रतिलिटरका हिसाबले पेट्रोल विक्रि शुरु गरेको छ । डिजेल प्रतिलिटर १५५ रुपैयाँ ५० पैसामा ताेकीएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार