आरजू राणाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ

धनगढी : धनगढीस्थित पूर्वप्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ परेका छन्।

बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २०८१ भदौ ९ गते राणाको घर अगाडि बम फेला परेको थियो।

Seti Hospital

हाल पूर्वमन्त्री प्रकाश देउवा बस्ने सो घरमा शेरबहादुर देउवा र आरजू धनगढी आउँदा त्यहीँ बस्छन्। सोही घरमा विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए। उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको प्रहरीले जनाएको छ।

गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय अमृत अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोपसमेत छ। गत शुक्रबार मात्रै कैलाली प्रहरीले देउवाको धनगढी–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर साउँदलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अमृतले नै देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि साउँदलाई पक्राउ गरिएको हो। सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार