रास्वपा र प्रहरी झडप हुदा ८ जना प्रहरी र रास्वपाका ४० जना घाइते


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

SHIKHAR COOL TECH

यता रास्वपाका ४० जना घाइते भएको रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेले जनाएकाछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार