काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको नयाँ अध्यक्षका रुपमा भारतका जय शाहको कार्यकाल सुरु भएको छ ।
गत अगस्टमा अध्यक्षमा निर्विरोध निर्वाचित भएका साहले डिसेम्बर १ देखि कार्यभार सम्हालेको आइसीसीले जनाएको छ । शाह आइसीसीको अध्यक्ष पद सम्हाल्ने सबैभन्दा कान्छो व्यक्ति पनि बनेका छन् ।
उनले ग्रेग बार्कलेलाई प्रतिस्थापन गरेका हुन् । कार्यभार सम्हालेपछि शाहले लस एन्जलस २०२८ ओलम्पिक खेलमा क्रिकेट समावेश गर्न र महिला खेलको विकासलाई प्राथमिकतामा राख्ने बताए ।
आइसीसीको अध्यक्ष हुनु अघि शाह बीसीसीआइको सचिव भएका थिए ।
प्रतिक्रिया दिनुहोस्