डडेल्धुरा : डडेल्धुराबाट चरेश सहित वृद्ध पक्राउ परेका छन । शनिबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आलिताल गाउँपालिका – १ मेलखर्कबाट स्थानीय ६३ वर्षीय अम्बर बहादुर बोहरालाई पक्राउ गरेको हो ।
बोहराले सञ्चालन गरेको तरकारी पसलमा लुकाई राखेको अवस्थामा ११८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्