जिप दुर्घटनामा परेर घाइते भएका धामीको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंसिर ४ गते परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो।

Galaxy

उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको शुक्रबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार