सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने : वनमन्त्री शाही

धनगढी : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाजुरामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए।

यस्तै उनले कतिपय धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी दिए। संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए। 

SHIKHAR COOL TECH

फरक प्रसङ्गमा उनले वर्तमान सरकार २०८४ सम्मै जाने दावी गरे। उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व सुरुका दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र बाँकी समय काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार