लागूऔषध र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट लागूऔषध र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

ठगी मुद्दामा १ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २५ वर्षीय मोहन राज भट्ट पक्राउ परेका हुन्। भट्टलाई कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाबाट प्रहरीले पक्राउ गरेको हो।

यस्तै लागूऔषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–२ बस्ने ३५ वर्षीय तेजबहादुर खड्का पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार