बैतडीको एक क्याम्पसले ३० दिने सिपमूलक तालिम सञ्चालन गर्दै !

बैतडी : बैतडीको एक क्याम्पसले सिपमूलक तालिम सञ्चालन गर्दैछ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसले यही मंसिर १७ गतेदेखि ३० दिने सिपमूलक तालिम सुरु गर्ने भएको हो ।

क्याम्पसको गैह्र क्रेडिट पाठ्यक्रम अन्तरगत बाँस, निगालोको सामग्री निर्माण सम्बन्धी एक महिने तालिम सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख दानसिंह कार्कीले बताए । तालिममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अन्य सहभागीहरुले मंसिर १५ गतेसम्म क्याम्पस प्रशासनमा नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

धनगढी सूचना

यस तालिमबाट स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी आर्थिक उपार्जनका काम गर्न सकिने भएकाले युवाहरुका लागि उपलब्धिमूलक हुने क्याम्पस प्रमुख कार्कीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार