अछाममा असईले आफैँमाथि गोली चलाएपछि…

धनगढीः अछाममा असइले आफैमाथि गोली चलाएका छन्। प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली चलाएका हुन्।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई ४५ वर्षीय किसनबहादुर चन्दले बिहीबार राति ९ बजेतिटर आफैँमाथि गोली चलाएका छन्। उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएका हुन्। छाती र कुममा चोट लागेको छ।

SHIKHAR COOL TECH

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले बताए। घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

आफुले आफैलाई किन गोली चलाए भन्ने विषय खुल्न सकेको छैन्। आसई चन्दको अवस्थामा सामान्य नै रहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार