धनगढीमा सम्झौता भएको ७ वर्षसम्म पुलको जग समेत बनेन

धनगढी : कैलालीको धनगढीमा सम्झौता भएको ७ वर्षसम्म पुलको जगको काम पनि सकिएको छैन। धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारिएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते पुल निर्माणको सम्झौता गरेको थियो। धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको ७ वर्ष हुँदा पनि जग निर्माणको कामसमेत पूरा भएको छैन।

धनगढी सूचना

कुल १४ करोड २६ लाख रुपैयाँमा ३ वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबीच २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले ७ वर्षसम्म पुलको काम अलपत्र पारेको छ। पथरीका कृपा चौधरीले पाँच दिन मात्र काम गरेर निर्माण कम्पनी गएको बताए। उनले भने, ‘पाँच दिन काम भयो। अहिले गएको छ।’ बर्सातको समयमा पुल नभएकाले समस्या हुने गरेको चौधरीले बताए।

धनगढीको मुख्य बजारबाट कैलाली बहुमुखी क्याम्पस, जाखोर ताल हुँदै खुटिया नदी तरेर पथरी पुगिन्छ। पथरीपारि वडा नम्बर १६ का बस्ती र प्रसिद्ध बेहडाबाबा मन्दिर छन्। खुटिया नदी र शिवगंगामा एकै पटक पुल निर्माणका लागि शिलान्यास भएको थियो। खुटिया नदीमा पुल निर्माणको काम पूरा भएपनि शिवगंगामा रोकिएको हो। धनगढी उपमहानगरपालिका–१६ रामपुरका प्रकाश चौधरीले पुलको जग खन्ने र पुरिने काम मात्र हुँदै आएको बताए।

उनले भने, ‘बर्सातमा बाढी हुन्छ। डल्लपमा जानुपर्ने हुन्छ। एक पटकको एक सय रुपैयाँ तिर्नुपर्छ। पुलको काम हुँदैन। खन्छन, बाढीले पुर्छ। यस्तै हुँदैछ सात वर्षदेखि।’ शिवगंगा नदीमा पुल बनाउन सङ्घीय सरकारले बजेट छुट्याएर ठेक्का लगाइको ७ वर्ष भएको छ।

पुल निर्माण नभएकाले हिउँदको समयमा उपमहानगरपालिकाले ह्यूम्पाइपमार्फत सवारी सञ्चालनका लागि सडक निर्माण गरेको छ। तर, बर्सातको समयमा शिवगंगामा बाढी हुने भएकाले मोटरसाइकल, साइकल र मान्छेहरू डल्लबमै राखेर तारिने काम हुँदै आएको छ। मोटरसाइकलसहित एक जना मान्छे तारेको सय रुपैयाँ लिन्छन्।

धनगढी उपमहानगरका–१७ का वडाध्यक्ष माधवराज रानाले खुटिया र शिवगंगा पुलको एकै पटक शिलान्यास भएको बताए। उनले भने, ‘खुटिया पुल र शिवगंगा पुलको एकै पटक शिलान्यास भएको हो। खुटिया पुल निर्माण भएको चार वर्ष भयो। शिवगंगामा काम भएको छैन। सडक डिभिजनमार्फत ठेक्का भएको हो।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार