ट्याक्टरको ठक्करबाट बैतडीका एक जनाको मृत्यु

धनगढी : कैलालीको चौकीडाँडामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधवार साँझ ट्याक्टरको ठक्करबाट बैतडीका नवीन थलालको मृत्यु भएको हो।

गोदावरी नगरपालिका–३ का मुनिम चौधरीले चलाएको से २ त ४५२३ नम्बरको ट्याक्टरले से ६ प ९२९४  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्याक्टरको डक्करबाट बैतडीको डिलासैनी गाउँपालिका–६ का २२ वर्षीय थलाल घाइते भएका थिए।

SHIKHAR COOL TECH

उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। ट्याक्टर र चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार