अवैध लागु औषधसहित कैलालीबाट चार जना पक्राउ

काठमाडौँ : प्रहरीले कैलालीबाट अवैध लागु औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका-७ बस्ने वर्ष १९ को शंकर चौधरीलाई रामपुरस्थित सडक छेउमा खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । 

खानतलासीको क्रममा  १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको प्रहरीले जनाएको छ । 

धनगढी सूचना

त्यसैगरी इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका-९ बाट शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा २० वर्षीय विवेक चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट ३६० मिलिग्राम लागु औषध फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ । 

यता इलाका प्रहरी कार्यालय भजनीबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालिका-३ मोरीयाघाटस्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका कैलाली टिकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन बिक र २९ वर्षीय लक्ष्मी प्रसाद चौलागाईको साथबाट १४० मिलिग्राम अवैध धुलो पदार्थ फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार