कैलालीमा ६ लाख बढीको तस्करीको सामान बरामद

धनगढी : कैलालीमा प्रहरीले भन्सार छली गरेर अवैध रुपमा ल्याइएको ६ लाख बढीको तस्करीको सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर भारतबाट ल्याएको ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

धनगढी सूचना

उनकाअनुसार धनगढी उपमहानगरपालिकाको आदर्श चोक र त्रिवेणीघाटबाट ३२ हजार ७५० रुपैयाँ बराबरको माछा, चिनी, प्याज र किरानाका सामान बरामद गरिएको छ भने गोदावरी नगरपालिका–३ को चौकीडाँडाबाट अन्दाजी दुई लाख ३१ ह्जार ८०० बराबरको कपडा बरामद गरिएको छ।

यस्तै, कैलारी गाउँपालिका–५ को मनिकापुरबाट एक लाख ९५ हजार ५ सय बराबरको ईनभटर, ब्याट्री, कपडा र नाईलन रसी, टिकापुर नगरपालिका–८ को बेलुवाबाट एक लाख आठ हजार ४०० बराबरको तेल, मोजा, छिद्रा माछा मम्फली बरामद गरिएको प्रहरी निरीक्षक खड्काले बताए।

भजनी नगरपालिकाको काँडा र पहलवानपुरबाट ३० हजार दुई सय बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा र जोशीपुर गाउँपालिका–३ को फाडियाबाट चार हजार बराबरको चिनी बरामद गरिएको उनले बताए। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार