धनगढी : एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङ जिल्लाको अध्यक्षमा रुपक धामी निर्विरोध चयन भएका छन्।
अनेरास्ववियुको १३औं जिल्ला अधिवेशनबाट सिंगो जिल्ला कमिटी नै सर्वसम्मत चयन भएको केन्द्रीय सचिव दिपक धामीले जानकारी दिएका छन् ।
त्यसैगरि उपाध्यक्षमा लक्ष्मण गिरि,अन्जना बोहरा , सचिवमा दिलिप अधिकारी , स-सचीव :महेश जेठारा,आशिष खड्का,सानू थापा,राजेश कार्की र कोषाध्यक्ष :सुरेश जोशि चयन भएका छन् ।
अनेरास्ववियु बझाङ जिल्ला अधिबेशनले ३७ जना सदस्यहरु कमिटी चयन गरेको छ।
जिल्ला अधिबेशनको उद्घाटन समारोहका प्रमुख अतिथि केन्द्रीय सचिव तथा सुप इन्चार्ज दिपक धामी रहनु भएको थियो।अधिबेशन दुई दिनसम्म सञ्चालन भएको थियो।
प्रतिक्रिया दिनुहोस्