इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी कारबाही, ५०० जना पक्राउ

इस्लामावाद : पाकिस्तान सरकारले मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक कारबाही गरेको बताएको छ।

प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । त्यस्तै इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बीच उनी खैबर पख्तुनख्वा प्रान्तमा रहेको खुलासा भएको छ ।

बीबीसीका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पेशावरका अध्यक्ष अरबाब नसीमका अनुसार उनले छिट्टै पत्रकार सम्मेलन गर्ने छिन्। पीटीआईले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ।

यसअघि पीटीआईले बुशरा बीबीलाई विरोध स्थल इस्लामाबादको डी चोकबाट अपहरण गरिएको दाबी गरेको थियो।  पीटीआईले प्रहरीले अन्धाधुन्ध गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ।

सामाजिक सञ्जालमा केही भिडियो भाइरल भइरहेका छन् जसमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने केहीको मृत्यु भएको पनि बताइएको छ । पीटीआईले रातभरि रेन्जर्स र पुलिसको अपरेशनको निन्दा गरेको छ।

इमरान खानकी पत्नी बुशरा बीबी पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा बेपत्ता भएकी थिइन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पीटीआईले मंगलबार इस्लामावादमा विशाल प्रदर्शन गरेको थियो । बीबीसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार