एउटै नम्बर प्लेटका दुई मोटरसाइकल, दुई जना पक्राउ

धनगढी : कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन्।

एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमील्सेनाका भान्सेसहित दुई जनालाई पक्राउ गरेको छ।

SHIKHAR COOL TECH

भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

उनका अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निबेदन परेको थियो। दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुमाथि किर्ते तथा अपराधिक लाभमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

रोहितले सुदूरपश्चिम प्रदेश ०२००४ प ४१४८ नम्बरको मोटरसाइकल चलाउँदै आएका थिए। सोही नम्बरको मोटरसाइकल उनले लिलामी मार्फत खरिद गरेर बिक्री गरेको पाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार