धनगढीमा शैक्षिक महोत्सव हुने !

धनगढी : कैलालीको धनगढीमा शैक्षिक महोत्सव हुने भएको छ। धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ।

१४ वर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो। धनगढीको एसपिए रोडमा सचिवालय उद्घाटन गरिएको छ। नवौं वृहत राष्ट्रिय प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि स्थापना गरिएको सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरे।

SHIKHAR COOL TECH

सो अवसरमा बोल्दै केन्द्रिय सचिव लामिछानेले लामो समयको अन्तरालपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए। उनले यो महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले सुदुरपश्चिमको शैक्षिक हबका रुपमा विकास भएको धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पुराउन शैक्षिक महोत्सव आयोजना गर्न लागेको बताए। उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याए।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवधनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना गरिनेछ। यसअघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार