बाजुरामा हुलाक काउन्टरको स्थापना

बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना गरिएको छ । सेवा प्रवाहलाई सहज, झन्झटरहित एवं छिटोछरितो बनाउने किसिमले सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

उनका अनुसार करिब एक वर्षसम्म जिल्ला हुलाक कार्यालयका कर्मचारी प्रशासनमा राखेर हुलाक टिकट वितरण गरिँदै आएकामा अहिले प्रशासन कार्यालयमै काउन्टर स्थापना गरिएको हो । सेवाग्राहीहरुलाई हुलाक टिकट वितरणका लागि काउन्टरमा एक जना कर्मचारी पनि राखिएको छ ।

प्रशासनमै निःशुल्क रुपमा हुलाक टिकटको व्यवस्थाले सेवाग्राहीको समय पनि बचत हुने र कार्यालयको सेवा समेत पारदर्शी हुने प्रमुख जिल्ला अधिकारी पाध्याले बताए । योसँगै सेवाग्राहीहरुलाई टिकट लिन हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता पनि हटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार