धनगढी : धनगढीकाे कैलाली अस्पतालमा अब प्रत्येक शनिवार क्यान्सरकाे विशेषज्ञ चिकित्सक सहितकाे उपचार सेवा सुरु हुने भएको छ ।
कैलाली हस्पिटलले वीर अस्पताल तथा टिचिङ हस्पिटलका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सौगात पौडेल र डाक्टर अर्जुन केसी द्वारा हरेक हप्ता क्यान्सर क्लिनिक सञ्चालनमा ल्याउँदैछ।
प्रत्येक हप्ता क्यान्सर विरुद्धका सेवाहरू उपलब्ध गराइनेछन् । प्रत्येक हप्ताको सुविधामा फलोअप पेसेन्टहरू राजधानीतर्फ जान नसक्नेहरू लाई मध्यनजर गर्दै यस लाई सञ्चालनमा ल्याइने भएको छ।
क्यान्सर विरुद्ध विभिन्न किसिमका किमोथेरापी , उपचार अन्य सेवाहरू उपलब्ध हुनेछन् । क्यान्सरका अन्तिम अवस्थाका बिरामीहरूका लागि प्यारिटिभ सुविधाको सेवा पनि दिइनेछ।
आउँदै गरेको शनिबारदेखि हरेक हप्ता यो क्लिनिक सञ्चालनमा ल्याइनेछ। भरपर्दो र कम खर्चमा यो क्लिनिक लाई सञ्चालनमा ल्याइने भएको छ।
क्लिनिकले क्यान्सर सम्बन्धी स्त्रीलिङ्ग परामर्श, किमोथेरापी सेवा , प्रोस्टेट क्यान्सर , स्तन तथा पाठेघर क्यान्सर , पेट तथा आन्द्राको क्यान्सर सम्बन्धि सेवा दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्