अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले दिए राजीनामा

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन्। बुधवार संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन्। 

राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दलबहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, वस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन्।

Seti Hospital

पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए। उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए।

महासचिव शंकरबहादुर खड्काले अध्यक्षलाई आम माफी दिए पनि तिनै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए। उनले माफी माग्ने र बिगो भर्ने मान्छे सार्वजनिक रूपमा भनिसकेपछि दोषी को हो भनेर जनताले आफै बुझिसकेको बताए।

संस्थाका सदस्य बमबहादुर बोगटीले नक्कली टिकट प्रकरणमा आउने बित्तिकै राजीनामा दिन चाहेको भए पनि त्यति बेला सम्भव नभएको बताए। उनले १ वर्ष सम्मपनि अदालतबाट निर्णय नभएको अवस्थामा अध्यक्षले माफी मागेपछि आफूहरूले माफी दिएको बताए।

संघका १० जना पदाधिकारीको हस्ताक्षर रहेको राजीनामा पत्रमा नक्कली टिकट ठेलीमा भएको हानी नोक्सानी बाफतको क्षतिपूर्ति रकम १ लाख २८ हजार बैंकमा अध्यक्ष कल्याण सिंह बोहराले संस्थाको खातामा दाखिला गरी माफी मागेको उल्लेख छ।

अदालतमा विचाराधीन मुद्दामा अध्यक्षले गल्ती स्वीकार गरी आम माफी मागिसकेको पदाधिकारीले पनि माफी दिएको राजीनामा पत्रमा जनाइएको छ। राजीना पत्रमा अध्यक्षको बोली र काम कारबाही कार्यान्वयनमा कुनै पनि सत्यता र विश्वसनीयता नदेखिएकाले राजीनामा दिएको उल्लेख छ। राजीनामा पत्रमा तुरुन्त आम चुनाव गर्नपनि माग गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार