धनगढी : तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ को सर्वोत्कृष्ट नव देउडा गायका तर्फको अवार्डबाट बैतडीका नगार्जुन दिनेश सम्मानित भएका छन् ।
सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको प्रमुख अतिथ्यतामा भएको एक समारोहका बिच देउडा गायक नगार्जुन दिनेशलाई अवार्डद्वारा सम्मानित गरिएको हो । नव गायकाहरुको प्रतिस्पर्धामा नगार्जुनको ‘तेरी याद’ बोलको गीत सामेल गरिएको थियो । प्रतियोगितामा दर्शकहरुको भोटिङलाई बढी आधार मानेर सर्वोत्कृष्ट छनोट गरिएको थियो ।
विगत एक दशक देखि गायन क्षेत्रमा लागेका नगार्जुनले पहिलोपटक तेरी याद बोलको देउडा गित गाएका थिए । हाल कैलालीको अत्तरियामा बस्दै आएका उनले यसअघि नागपुरी, चौधरी, राना भाषाका गित गाउँदै आएका थिए ।
पहिलो देउडा गितबाटै सम्मान पाउँदा निकै हौसला मिलेको नगार्जुनले बताएका छन । उनले छिटै आफ्नो दोस्रो गित ‘जिउ झुराउन्या दाग’ बोलको गित सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्