डेंगु संक्रमणबाट डडेल्धुराका खडकाको मृत्यु

डडेल्धुरा : डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ । अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमणबाट मृत्यु भएको हो । 

रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ । त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका २ सन्तान रहेका छन् ।

आर्थिक रुपले विपन्न रहेका खडकाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का उनकाे परिवारलाई भेट्न अस्पताल पुगेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

67%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार