मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाईते

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ।

SHIKHAR COOL TECH

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन्। रोहीतलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार